
धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ ।
सोमबार बसेको बैठक बाट सहमति नजुटेपछि मंगलबार पुन बसेको बैठक बाट सहमति जुटेको थियो । बैठक बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा भएको थियो ।
संरक्षकको भूमिकामा रहेका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीले छलफलपछि संचारमाध्यमहरुसंगको भेटमा भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, एक राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’
नागरिक उन्मुक्ति पार्टीले यसअघिको सहमतिमा पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो ।
सुदुर पश्चिम प्रदेशको प्रदेश सभामा ४ वटा संसदीय समिति रहेको छ भने सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् र उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् ।







