
काठमाडौँ । केही दिनयता निर्माण कार्यको भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलनमा रहेका निर्माण व्यवसायीहरू आज मंगलबार भने फरक शैली सहित प्रदर्शनमा छन् । ब्यबसायिहरु आजको प्रदर्शनमा निर्माणकार्यमा प्रयोग हुने आफ्ना औजार तथा यन्त्र (डोजर) सहित बालुवाटारमा प्रदर्शनमा रहेका छन् ।
ब्यबसायीहरु बाट जारी विज्ञप्तिमा प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको उल्लेख छ ।
प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
कमेन्ट गर्नुहोस्







