विभिन्न कार्यक्रम गरी मनाइँदै अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

Share:

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ ।

विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेको जनाउदै संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको जनाएको छ ।

राष्ट्रसङ्घले गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेको उल्लेख गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

समय संगै तस्करहरुले नया तरिका र नया गन्तव्य को प्रयोग गर्न थालेकोले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्