
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमण सम्पन्न गरी शुक्रबार बिहान स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनी दोहा हुँदै काठमाडौं फर्किएका हुन्।
बिमानस्थलमा पत्रकारहरुसंग छोटो कुरा गर्दै प्रधानमन्त्री ले सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलले गृहमन्त्रीको राजीनामा मागेको कुरालाई संकेत गर्दै मन्त्रीहरुले स्पष्टीकरण पनि दिन नपाउँदै राजीनामा माग्नु गलत भएको बताएपनि सुन प्रकरणबारे भने बोल्न चाहेनन्। उनले मन्त्रीहरुसँग के भएको छ त्यसबारे जानकारी लिने बताए।
कमेन्ट गर्नुहोस्







