
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बिहानै ललितपुर जिल्लाको मंगलबजारमा रहेको पुरातात्विक र ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन भ्रमणमा रहनुभएको छ ।
राष्ट्रपति पौडेललाई शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरे।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले पाटन दरबारक्षेत्रस्थित कृष्ण मन्दिरमा दर्शन गर्नुका साथै सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले राष्ट्रपतिलाई यो क्षेत्रको जानकारी गराएका थिए।
कमेन्ट गर्नुहोस्







