
त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का, उच्च अधिकारी पुगे निरीक्षणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उस्तै नाम गरेको उही आयातकर्ताको नाममा थप बस्तु रहेको र उक्त बस्तुहरु पनि सुननै रहेको आशङ्का रहेकोले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको खबर छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले विशेष अप्रेसन गरिरहेको जानकारी दिनु भएको छ । ढुङ्गानाले भन्नुभयो, “उही प्रकृतिको सुन अझै विमानस्थल परिसरमा रहेको आशङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाहा छैन ।”
अहिले विशेष अनुसन्धानका लागि विभागका महानिर्देशक ढुङ्गाना विमानस्थलमै पुग्नुभएको छ ।
कमेन्ट गर्नुहोस्







