कैलालीका स्वास्थ्यका कर्मचारी आन्दोलनमा, भोलीदेखि सेवा ठप्प गरिने घोषणा

Share:

धनगढी । धनगढी उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् । कर्मचारीहरु बिगत तिन दिन देखि आन्दोलनरत रहेका छन्

निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलीदेखि हाजिर लगाउन नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए ।

मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको बताए ।

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । धनगढी उपमहानगरपालिकाले भने कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ ।

संघिय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् भने सर्वसाधारण जनता स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको सेवा ठप्प पारिनु सार्वभौम जनताको अधिकारको हनन भएकोमा चिन्तित रहेका छन् । (साभार धनगडी खबर)

 

 

कमेन्ट गर्नुहोस्