विमानस्थल सुन प्रकरण : पाँच दिन भित्र प्रतिवेदन बुझाउने गरि छानबिन समिति गठन

Share:

काठमान्डौ/ त्रि वि भन्सार कार्यालय बाट बिना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि भन्सार बिभागले छानबिन समिति गठन गरेको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन भएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

खड्काका अनुसार समितिलाई यो प्रकरणमा छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

‘विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो’, सूचना अधिकारी खड्काले भने ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि नेपाल राष्ट्र बैंक पठाइएको छ ।

कमेन्ट गर्नुहोस्