
काठमान्डौ/त्रिभुवन विमानस्थलमा बुधबार बरामद गरिएको करिब १०० किलोग्राम सुन तस्करमा आफ्नो संलग्नता अस्विकार गर्दै व्यवसायी दीपक मल्होत्राले आज (बिहीबार) काठमान्डौमा पत्रकार सम्मेलन मार्फत कुरा राखेका छन् ।
मलहोत्राले गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई संचार जगतले समाचार दिइनु व्यवसायिक मर्यादाको घोर उल्लंघन भएको भन्दै यस विषयमा समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडियाले माफी नमागे कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।
अवसरमा मन्तब्य राख्दै उनले अहिलेसम्म कुनै निकायबाट सम्पर्क नभएको र प्रहरी प्रशासनले पनि सम्पर्क नगरेको बताउदै सरकारी निकायलाई कसले तस्करी गरेको भन्ने थाहा भएकोले होला फोन नआएको उनको भनाइ छ ।
मानिसहरू ललितानिवास काण्डमा भागिरहेका छन्, सानोसानो केसमा बाहिर गइरहेको अवस्था देखाउदै मल्होत्राले भने ‘एक प्रतिशत पनि मेरो प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता भएको भए, यति ठूलो काण्डमा म यहाँहरू समक्ष बसेर यसरी बोल्न सक्ने मैले आँट गर्दैनथे होला ।
बिभागका अनुसार भने बिभाग र प्रहरी दुवै बाट प्रकरणको सुक्ष्म अध्ययन अनुसन्धान भैरहेको र छिट्टै टुंगोमा पुग्ने आशा ब्यक्त भएको छ ।