आज को मौसम

Share:

काठमाडौँ, १ श्रावण । देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले मौसम को जानकारी दिदै देशभर आंशिक देखी सामान्य बदली रही गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र  कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको जनाएको छ।

बिभागका अनुसार आज दिउँसो देशभर आंशिक  देखी सामान्य बदली रहनेछ भने मधेश प्रदेशका थोरै  बांकी  प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

आज राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्