गोदावरी नगरपालिकाले संचालनमा ल्यायो निशुल्क शव वाहन सेवा

Share:

काठमाडौं, ३१ असार । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाले श्रावण १ गते देखी लागु हुने गरि निशुल्क शव वाहन सेवाको शुभारम्भ गरेको छ । आज एक सूचना सार्वजनिक गर्दै नगरपालिकाले सो जानकारी दिएको हो ।

नगर प्रमुख गजेन्द्र महर्जनका अनुसार सो व्यवस्था सम्पन्न १३औ नगरसभा बाट पारित भएको थियो भने सो सेवा नगरपालिका बासिन्दाहरुको लागी निशुल्क रहने छ ।

नगरपालिकाले सेवा उपभोग गर्न ९८४०६३३३३६ नम्बरमा सम्पर्क गर्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस्