
काठमाडौं, ३१ असार । नेपाल आयल निगमले आज रातीबाट लागुहुने गरी इन्धनको मुल्य घटाएको छ भने उप्रान्त देखी स्वचालित प्रणाली लागु गर्ने पनी जनाएको छ ।
नयाँ मुल्य अनुसार पेट्रोलमा रू ६, डिजेल र मटितेलमा रु ४ घटेको छ भने ग्यासमा रु १० घटाएको छ । निगमका अनुसार ग्यासको मुल्य निगमको परल मुल्य नै हो र यसमा निगमलाई नाफा रहेको छैन ।
निगम संचालक समितीको बैठकमा निर्णय भए अनुसार उप्रान्त इन्धनको मुल्य स्वचालित प्रणालिबाट कायम रहने छ र संचालन खर्च बापत निगमले पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने छ ।
मुल्य समायोजन पश्चात काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पेटौल १६४ रुपैयाँमा उपलब्ध हुनेछ भने डिजल र मटितेल १४६ रु प्रति लिटर पर्नेछ । भारतसंग तुलना गर्दा पेटोल भारतमा भन्दा नेपालमा करिव १३ रु र डिजेल मटितेलमा करिव १० रु सस्तो पर्न गएको छ ।
निगमले हवाई इन्धन भने स्वचालित प्रणालिमा नराखी निगम संचालक समितीले तोकेअनुसार हुने व्यवस्था गरेको छ ।







