
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका हुन् ।
पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले जानकारी दिए भनि रातोपाटीले लेखेको छ ।
कमेन्ट गर्नुहोस्







