
काठमाडौं । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना भएको छ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके-५ मा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देखिएको विभिन्पुन समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर उडान भरेको ८ मिनेटमै सम्पर्कविहीन भएको थियो । हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रले मनाङ एयरसँग समन्वय गर्दै हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि पठाएको हो ।
कमेन्ट गर्नुहोस्







