
काठमाण्डाै – आज विश्व जनसङ्ख्या दिवस ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ मनाइँदै छ ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या झण्डै ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो र सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ । अहिले विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ ।
नेपालको जनसङ्ख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसाङ्ख्यिक संरचनामा केही फेरबदल आएको देखिन्छ । स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा सुधार देखिए पनि सहरी तथा सुविधासम्पन्न ठाउँमा जनसङ्ख्याको चाप बढ्दो छ । अव्यवस्थित बसाइँसराइको प्रक्रिया रोक्न सरकारका काम प्रभावकारी हुन सकेको छैन ।
एक तथ्यांक अनुसार चिन एक अर्ब ४४ करोड जनसंख्याका साथ विश्व को सबै भन्दा धेरै जनसंख्या रहेको मुलुक बनेको छ भने एक अर्ब ३८ करोड जनसंख्याका साथ इंडिया दोश्रो रहेको छ ।
कमेन्ट गर्नुहोस्







