
देशभर वर्षा शुरु भए पछि गएको पहिरोले देशका विभिन्न स्थानमा दर्जनौं सडक अवरूद्ध भएका छन्। बिहीबारदेखि नै अवरूद्ध भएका कयौ सडक हालसम्म खुल्न सकेका छैनन् भने पहिरो गएर थप सडकहरू पनि अवरूद्ध भइरहेका हुन्। सडक बिभागका अनुसार अवरूद्ध सडकहरू प्रहरी परिचालन गरेर खुलाउने प्रयास भइरहेको छ
यता देशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जसको कारणले थप पहिरो जाने सम्भावना देखिन्छ । मनसुन भित्रिएसँगै भइरहेको भारी वर्षाले पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा बाढी-पहिरो ले मानवीय सँगै भौतिक क्षति पनि भएको छ।
हालसम्म प्राप्त सडक अवरूद्ध भएको विवरण
कोशी प्रदेशः
पाँचथरः फिदिम न.पा.४ , तमोर करिडोर सडकखण्ड
पाँचथरः फिदिम न.पा.४ र हिलिहाङ गा.पा.७, मेचि राजमार्ग सडकखण्ड
संखुवासभाः धर्मदेवि न.पा.-८, ठूलो अकरको भिर, लेगुवा खाँदबारी सडकखण्ड
बागमती प्रदेशः
चितवनः इच्छाकामना गा.पा.-५ , तिन नं. पुल, नारायणगढ मुग्लिङ सडकखण्ड
दोलखाः गौरीशंकर गा.पा.-८, मन्थली, चरिकोट लामाबगर सडकखण्ड
ललितपुरः ललितपुर म.न.पा.-३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोक पथमा एकतर्फी खुलेको
गण्डकी प्रदेशः
पर्वतः जलजला गा.पा.-७, केराबारी, बेनी-मालढुङ्गा सडकखण्ड
लुम्बिनी प्रदेशः
पाल्पाः तानसेन न.पा.५, तिनलाँकुरी, पाल्पा-गुल्मी पक्की सडकखण्ड
अर्घाखाँची- शीतगंगा न.पा.२, भुवनपाटा, गोरूसिङ्गे सन्धिखर्क सडकखण्ड
सुदूरपश्चिम प्रदेशः
अछामः बान्निगढीजयगढ गा.पा. ४, कचरेटी खोला, मंगलसेन-साँफे सडकखण्ड
दार्चुलाः शैल्यशिखर न.पा.-६, पनेबाँज र मालिकार्जुन गा.पा.४ तेर्छालेक, गोकुलेश्वर-दार्चुला हाईवे सडकखण्ड
बैतडीः सुर्नया गा.पा.वडा.न.८ आलुगैरा, ज पृथ्वी राजमार्गमा खोडपे बझाङ सडकखण्ड







