पशुपतिनाथको जलहरी अख्तियारले जोख्यो

Share:

संसदमा बिबादित बनेको समेतको आधारमा भ्रस्टाचारको शंका गरिएको भनिएको पशुपतिमा चढाईएको सुवर्ण जलहरी    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ। आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी आइतबार नापतौल र परीक्षण गरेको हो।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ। सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १ किलो ३७५ ग्राम देखिएको छ। सु्नको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको गोरखापत्र दैनिकमा अशोक अधिकारीले समाचार लेखेका छन्।

कमेन्ट गर्नुहोस्