२९ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । दाहाललाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
श्रोतका अनुसार लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सिता दाहाललाई नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको छ । छिन् । निकै कम मानिसमा देखिने यो रोग पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।
कमेन्ट गर्नुहोस्







