काठमाडौँका मेयर बलेन साह बेल्जियम जाने

Share:

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) युरोपियन देश बेल्जियम जानेभएका छन् ।

सो भ्रमणका सम्बन्धमा  जानकारीदिने क्रममा नेपाल सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जेठ २९ देखि ३२ सम्म बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बन समिट-२०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहको भ्रमण सरकारले स्वीकृत गर्ने निर्णय भएको जानकारी गराऊनु भएको छ ।

यो सम्मेलनमा विश्वभरका मेयर, शहरी विकास विज्ञ र दिगो विकास परियोजनाका लगानीकर्ताहरू भेला भएर विकासका नयाँ मोडलका विषयमा चर्चा गर्ने गरिएको छ । कार्यक्रममा निजी-सामुदायिक साझेदारीका उत्कृष्ट नमुनाका विषयमा समेत छलफल हुने कार्यक्रम रहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्