लाग्यो मोबाइलमा चर्को कर, १० हजारसम्म तिर्नुपर्ने भयो

Share:

काठमाडौं । सरकार ले विदेशबाट नेपाल भित्रिने आइफोन तथा एक लाख माथिका मूल्य पर्ने मोबाइल फोनमा रू दश हजार सम्म कर लाग्ने व्यवस्था नया बजेट मार्फत गरेको छ । अन्य स्मार्टफोनमा भने रु तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने छ ।

विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुने सुबिधा छ ।

कमेन्ट गर्नुहोस्