संसदमा आज नीति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने सम्भावना

Share:

काठमाडौं, १२ जेठ । आज बिहान ११ बजे बोलाईएको प्रतिनिधीसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पेश गरेको नीति तथा कार्यक्रमका बारेमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।

सरकारले जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकोले समयमै नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकोले आज बोलाईएको प्रतिनिधीसभाको बैठकमा नीति तथा कार्यक्रम माथीको छलफल जारी रहने र त्यसपछी प्रधानमन्त्रीले प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची बनेको छ । प्रधानमन्त्रीबाट प्रश्नहरुको उत्तर पश्चात निर्णयार्थ प्रस्तुत गर्ने जानकारी संसद सचिवालय सम्बद्ध श्रोतले जानकारी दिएको छ ।

गत जेठ ५ गते संसदका दुवै सदनको संयुक्त बैठकमा पेश भएको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभा बाट भने बहुमतले पारित भइसकेको छ ।

कमेन्ट गर्नुहोस्