
१ जेठ – काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) तथा एसोसियसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आज जेठ १ गते देखी चिकित्सकहरुले लिने सेवा शुल्कमा बृद्धी गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रास्फीतिको आधारमा तथा चिकित्सकको अनुभव र योग्यताको आधारमा बृद्धी गरिएको संङघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले स्पष्ट पार्नुभएको छ ।
अध्यक्ष कार्कीले मन्त्रालय तथा सरोकारवालाहरु संगको परामर्श अनुसार बृद्धी गरिएको दावी गरेतापनी स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शुल्क बृद्धीको विषयमा गम्भिर रहेको र एक पक्षीय रुपमा शुल्क बृद्धी गर्न नमिल्ने र चिकित्सक संघका प्रतिनिधिहरुलाई सो विषयमा कुरा राखेको जानकारी गराउनु भएको छ ।
अव कति भयो त शुल्क ?
नयाँ व्यवस्था अनुसार पाँच वर्ष भन्दा कम अनुभव भएका एमबिबिएस बीडीएस चिकित्सकको ओपिडी परामर्श शुल्क ४२० रुपैयाँ रहने छ । पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस बीडीएस चिकित्सकको शुल्क ५१५ रुपैयाँ पुगेको छ । त्यसैगरी पाँच वर्ष भन्दा कम अनुभव भएका डिप्लोमा लेभलको चिकित्सकको शुल्क ५९० रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएका चिकित्सकको शुल्क ६७० रुपैयाँ भएको छ ।
एमडीएमएस एमडीएस गरेका चिकित्सकले पाँच वर्ष भन्दा कम अनुभव भएपनी ७५० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने पाँच वर्ष बढी अनुभवीले आठ सय रुपियाँ सम्म तथा पाँच वर्ष भन्दा कम अनुभव भएका डीएम एमसीएच तहका चिकित्सकले ८८० रुपैयाँ र माथीका ले भने ९४० रुपैयाँ लिन पाउने व्यवस्था छ । नयाँ तलबमान अनुसार निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुको पनि तलब मा बृद्धी गरिएको छ ।
सर्वसाधारणहरुबाट भने सो शुल्क बृद्धी असान्दर्भिक रहेको प्रतिकृया दिएका छन् ।







