खोटाङमा एक युवाद्वारा आत्मदाहको प्रयास

Share:

 खोटाङमा एक युवाले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । शरिरमा आफैले पेट्रोल छर्किएर आगो लगाउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोला घाइते भएका छन् ।

बास्तोलाले शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिएका छन् । घरायसी विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउदा बास्तोला घाईते भएका हुन् ।

घाइतेलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं लगिएको हो । अहिले बास्तोलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्