कुमारी बैंकको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Share:

कुमारी बैंक लिमिटेडको ६ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा खुला गरेको छ । बैंकले चैत ५ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री अघि बढाईने बैंकले  जानाएकाे छ ।

कमेन्ट गर्नुहोस्