मेरो अभियान राजा फर्काउनका लागि होइन : दुर्गा प्रसाईं

201
0
Share:

मेडिकल व्यवसायी तथा कम्युनिस्ट नेता दुर्गा प्रसाईले आफुले चलाएको अभियान राजा फर्काउनका लागि नभएको बताएका छन् ।

आज (बुधबार)धनगढीमा प्रसाईंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै आफूले थालेको अभियानलाई कतिपयले राजा फर्काउने अभियान भनेर टिप्पणी गरिरहेको बिषयलाई खण्डन गर्दै अभियान राष्ट्र ,धर्म र नागरिक बचाउने रहेको स्पस्ट पारेका छन् ।

उनले कार्यक्रममा बोल्दै, ‘हाम्रो यो कार्यक्रमलाई कति जनाले राजा ल्याउने, महाराजा ल्याउने हो भनेर भनिरहेका छन् तर त्यस्तो होइन। ’
यहा गरिबको चुलो बाल्ने कुरा छ । हामीले झोला बोकेर विदेश पस्नेहरुलाई स्वदेशमै रोजगारी दिन र नागरिकलाई बचाउन यो कार्यक्रम ल्याएका छौँ ।’

प्रसाईंले राजनीतिक दलहरुले व्यवसाय गरेर बसेको मान्छेलाई विद्रोह गरेर सडकमा ल्याउन बाध्य पारेको भन्दै पूर्वराजाबाट कार्यक्रम उद्घाटन गरेकै कारण पार्टीबाट निस्कासन गरेकोमा दुख ब्यक्त गरे।

उनले भनेका छन् ,‘हिजो मेरा हजुरबुवा केपी ओलीले पूर्वराजाबाट पानसमा दियो बालेकै कारण मलाई कारवाही गर्नुभयो तर उहाले राजतन्त्रको एजेन्डा बोक्ने राजेन्द्र लिङ्देनलाई भोट हाल्न समेत लगाउनुभयो ।’ ‘अब तपाईहरु भन्नुस् कारवाही हुन्छ कि मलाई ? उनले प्रस्न गरेका छन् ।

प्रसाईंले केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए ।

कमेन्ट गर्नुहोस्