
राप्रपा पार्टीका अद्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईको कार्यक्रमलाई आफुहरुले समर्थन गर्न नसक्ने बताएका छन् ।
एक कार्यक्रममा बोल्दै अद्यक्ष लिङ्देनले बैंकबाट ऋण लिएर ब्याज र किस्ता नतिर्ने अनि बैंकले ठग्यो भन्दै हिड्ने व्यक्तिलाई कुनै हालतमा साथ दिन नमिल्ने बताएका हुन्।
उनले भनेका छन्, ‘ केपी ओलीलाई देखाएर पाँच अर्वभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिरेर, आठ अर्वभन्दा बढी पुगेको छ। कति पैसा चोर बाटोबाट बिदेशमा पठाएर बसेको छ।’त्यस्तो मान्छेले अब बैंकको ब्याज नतिर्ने किस्ता नतिर्ने भन्दा ताली बजाएर बसेका छन्।’ उसले राजा र हिन्दुराष्ट्र ल्याईदिन्छ भन्दै कुदेको देख्दा अचम्म लाग्छ। ‘ उनका गलत कदममा साथ दिनेहरुलाई लक्षित गर्दै उनले भने
राप्रपाले प्रसाईको कार्यक्रममा समर्थन नगरेको भनेर उठेको प्रस्नको जवाफमा लिङ्देनले भने , एउटा बैंक ठग्ने ठगलाई समर्थन गर्दै हिड्नु ?