
आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तकर्मीहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा गभर्नर अधिकारीले पछिल्लो समय लघुवित्तविरुद्ध सुनियोजित रुपमा भ्रम फैलाइएको बताए । अनेक विषयहरु उठाएर लघुवित्तविरुद्ध भ्रम फैलाउने काम भएको उनको भनाइ छ ।
बुधबार लघुवित्त सम्बन्धि सरोकार राख्ने विभिन्न व्यक्ति तथा संस्थालाई बोलाएर नेपाल राष्ट्र बैंकले छलफल गरेको हो । छलफलमा गभर्नर अधिकारीले अहिलेको परिस्थितिलाई राष्ट्र बैंकले नजिकबाट नियालिरहेको बताउँदै कर्जा लिएर तिर्दिन भन्न नमिल्ने बताएका छन् ।
गभर्नर अधिकारीले लघुवित्तविरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको समेत बताए । , ‘कर्जा लिएपछि तिर्नु पर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ ।’ अधिकारीले भने
छलफलमा गभर्नर अधिकारीसहित डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सांसदहरु, पूर्व मन्त्री , लघुवित्त बैंकर्स संघका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीहरुको सहभागीता थियो ।








