७१ लाख अवैध रकमसहित एक भारतीय पक्राउ

175
0
Share:

अवैध रकमको कारोबार गरेको आरोपमा एक भारतीय नागिरक पक्राउ परेका छन् । काठमाडौंको बल्खुमा फलफूल व्यवसायमा संलग्न हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेशस्थित सिमलाथाना घर भई कुलेश्वर ‘माँ चामुण्डा फ्रुट सेन्टर’ सञ्चालन गर्दै आएका ४९ वर्षीय विजय कुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । उनको साथबाट हुण्डी गर्ने प्रयोजनको लागि सङ्कलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा ७१ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । गुप्ता यसअघि पनि २०७५ साल साउन ७ गते भारतीय रुपैयाँ २ लाख र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परेर छुटेका थिए । उनलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्