जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा

169
0
Share:

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

कमेन्ट गर्नुहोस्