रकम फिर्ताको माग गर्दै शिव शिखर बहुउद्देश्यीय सस्थाका बचतकर्ता आन्दोलित

213
0
Share:

कैलालीमा रकम फिर्ता गर्न माग गर्दै शिव शिखर बहुउद्देश्यीय संस्था धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् । संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् ।

पटकरपटक रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको पीडितले बताएका छन् । शिव शिखर बहुद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहुउद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अर्ब ८० करोड रुपैयाँ खाएर भागेको बताए ।

शिव शिखर बहुद्देश्यीय संस्थाले देशैभरीका नागरिकले जम्मा गरेको रकम हिनामिना गर्दापनि सरकार मुखदर्शक भएर बसेको पिडितहरुको गुनासो छ । उक्त सहकारी संस्थाका पदाधिकारी अहिले फरार छन् ।

देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ ।

सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताए ।

कमेन्ट गर्नुहोस्