वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

219
0
Share:

काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ ।

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ” उनले भने । अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

कमेन्ट गर्नुहोस्