प्रतिकुल परिस्थितिमा पनि देश छोडेनाै : पूर्व राजा ग्यानेन्द्र

243
0
Share:

काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताएका छन् । उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको समेत जिकिर गरेका छन् ।

नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको स्मरण गराउँदै शाहले अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको उल्लेख गरेका छन् ।

युवाहरूको हकमा नेपालको इतिहासमै अद्वितीय जनसाङ्ख्यिक लाभांशको चरणबाट गुज्रिरहेको बताउदै उनले युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो रहेको उनको जारी विज्ञप्तिमा लेखिएको छ ।

विगत २० वर्षमा दसौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको उल्लेख गरिएको छ ।

कठिन परिस्थितिमा समेत देश छोडेर नगएको स्मरण गराउदै उनले देश र जनताका निमित्त दल र राजसस्था सहकार्य गर्नुपर्ने आसय ब्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्