सेयर बजारमा झिनो अंकको वृद्धि, सुस्तायो कारोबार

224
0
Share:

साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा उक्लिएको हो ।

यस दिन सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले बढेर ३८२.६९ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भयो । मंगलबार ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा यस दिन हिमालयन डिस्टिलरी लिमिटेड अब्बल देखिएको छ । यस कम्पनीले ९ करोड ७२ लाख ७५ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भएको छ । आज कारोबार रकम भने सुस्ताएको छ

यस दिन १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । ९कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज डिप्रोक्स लघुवित्तको सेयार्मुल्या सर्वाधिक ६.१० प्रतिशतले बढेको छ ।

कमेन्ट गर्नुहोस्