लाइसेन्स वितरण गर्न ७ वटा लघुबीमा कम्पनीको नाम छनोट

229
0
Share:

नेपाल बीमा प्राधिकरणले लाइसेन्स वितरण गर्न ७ वटा लघुबीमा कम्पनीको नाम छनोट गरी सार्वजनिक गरेको छ ।
प्राधिकरणले सात कम्पनीलाई लघुबीमा व्यवसायका लागि लाइसेन्स दिएको हो ।

जसमा जीवनतर्फ तीन र निर्जीवन तर्फ चार गरी ७ लघुबीमा कम्पनीको नाम सार्वजनिक गरेको हो ।

लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएको छ ।

त्यस्तै, लघु निर्जिवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स प्राप्त गरेको छ ।

प्राधिकरणले आवेदकको सेयरधनीहरुको विवरण, व्यवसायिक योजना र अध्ययनको अवलोकन गरि आवेदन दिएका ३१ आवेदन मध्येबाट तीन वटालाई लघु जीवन बीमा कम्पनी र चार वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो ।

कमेन्ट गर्नुहोस्