वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, सीडी रेसियोमा सामान्य सुधार

200
0
Share:

पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको पछिल्लो एक साता (मंसिर ३ गतेदेखि मंसिर ९ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको हो ।

तथ्यांक अनुसार यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। योसँगै मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुकाु कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म कुल निक्षेप ४५ खर्ब ५८ अर्ब रुपैयाँ थियो।

मंसिर लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा मंसिर ९ गतेसम्म बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।

मंसिर लागेयता भने बैंकहरुको कर्जा लगानी स्थिर देखिएको छ। गत कात्तिक मसान्तसम्म पनि कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ नै थियो।

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियोमा सामान्य सुधार देखिएको छ। गत मंसिर २ गतेसम्म औसत सीडी रेसियो ८६.९१ प्रतिशत रहेकोमा मंसिर ९ गतेसम्म ८६.८६ प्रतिशतमा झरेको छ ।

कमेन्ट गर्नुहोस्