आज यी १० कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाए

233
0
Share:

साताको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा उक्लिएको छ । आइतबार २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

आज अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा  डिप्रोक्स लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्  । यस  लघुवित्तको सेयरमूल्य ६.२१ प्रतिशतले बढेर ९७४ रुपैयाँ पुगेको छ । त्यसैगरी जीवन विकास लघुवित्तको सेयरमूल्य २८२० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कुमारी बैंक, ग्रिन लाइफ हाईड्रोपावर, नेष्डो, सिईबिडि हाईड्रोपावर, धौलागिरि लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, पञ्चकन्या माई र श्वेत गंगाको शेयरमा सुधार देखिएको छ।

कमेन्ट गर्नुहोस्