
कतार बिश्वकप फुतबल २०२२ अन्तरगत अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ ।
कतारको दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ ।
पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा थियो ।
मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । मेसीले खेलको ६४ औँ मिनेटमा अग्रता दिलाएका थिए । एञ्जल डि मारियाको पासमा उनले सेकेण्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए ।
खेल सकिन तीन मिनेटअघि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । मेसीले उपलब्ध गरेको बललाई फर्नान्डेजले बक्स भित्रबाट ‘कर्लिङ सट’लाई उत्कष्ट फिनिस गरे ।







