गोरखा : दुवैै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनलाई अग्रता

152
0
Share:

गोरखामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनले अग्रता जारी राखेको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म नौ हजार पाँच सय २६ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ । साँझसम्मको मतपरिणामअनुसार उनले मतान्तर फराकिलो बनाउँदै लिएका छन् ।

अध्यक्ष दाहालले आफ्ना मुख्य प्रतिस्पर्धी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई छ हजार आठ सय ८८ मतले अग्रता कायम गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । बुर्लाकोटीले अहिलेसम्म तीन हजार ३८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार नेकपा (एमाले)का अब्दुस सलिम मियाँले कूल दुई हजार ९८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अग्रस्थानमा रहेका छन् । उनले साँझसम्मको मतणनाअनुसार तीन हजार एक सय ६२ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

एमालेका उम्मेदवार रामशरण बस्नेतले नौ सय ३६ मत ल्याएर बजगाईंलाई पछ्याइरहेएका छन् । प्रतिनिधिसभातर्फ यो क्षेत्रमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३७ मत प्राप्त गरेको उनेले बताए । दुवै क्षेत्रमा मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्