काठमाडौं–१० (१) मा कांग्रेसका पुकार महर्जन विजयी

162
0
Share:

काठमाडौं–१० (१) मा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गर्दै बागमती प्रदेशसभा सदस्यमा बाजी मारेका हुन् ।

निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत ल्याएका छन् भने सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । ०७४ मा पनि यो क्षेत्रबाट महर्जन नै निर्वाचित थिए ।

यहाँ नेकपा एमालेका शिव भक्ति बलामीले ७ हजार ३०९, नेकपा माओवादी केन्द्र दिलिप महर्जनले ३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीका हरि कुमार महर्जनले २ हजार १७८ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्