सिभिल बैंकको सेयर कारोबार फुकुवा

150
0
Share:

मर्जर प्रयोजनका लागि रोक्का रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ। नेप्सेले सिभिल बैंकको आधारभूत सेयरधनीबाहेकको अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।

यससँगै अब भोलि बुधबारबाट सिभिल बैंकको सेयर कारोबारमा आउनेछ। गत असार २९ गते सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको थियो। त्यसपछि असार ३० गतेबाट सिभिल बैंकको सेयर कारोबार नेप्सेले रोक्का गरेको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्जरसम्बन्धी कार्यविधि लागू गर्दै अब मर्जर प्रयोजनका लागि बढीमा १५ दिन संगठित संस्थाहरुको सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था गरेको छ। सोही कार्यविधिमार्फत यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर सम्बन्धित निकायको सिफारिसमा नेप्सेले तत्काल खुला गर्नुपर्ने व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्