
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले आजको अन्तिम कारोबार भएको सेयरमूल्यर २५१ रुपैयाँ ४० पैसालाई आधार मानेर ३ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य २४४ रुपैयाँ ०८ पैसा कायम गरेको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बैंकबीच मर्जर प्रयोजनका लागि गत असार २ गतेबाट शेयर कारोबार रोक्का छ । बैंकले मंसिर ७ गते एक दिनको लागि बुक क्लोज गरेको छ । त्यसैले मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई मंसिर १४ गतेसम्म बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा प्राप्त सेयर नामसारीको आधारमा सेयरधनी दता किताबमा कायम सैयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।








