कास्की–३ मा घण्टीकाे अग्रता तोडियो, योगराजमाथि एमालेका दामोदर हाबी

162
0
Share:

 कास्की क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)को अग्रता तोडिएको छ । सुरुआतदेखि नै निरन्तर अग्रता लिइरहेको रास्वपाका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार योगराजलाई पछि पार्दै एमालेका दामोदर पौडेल ‘बैरागी’ले अग्रता लिएका छन् ।

बैरागीले ४ हजार ५५१ मत ल्याएका छन् । रास्वपका उम्मेदवार पौडेल ४ हजार १८६ मतसहित दोस्रो स्थानमा छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्