सुनको मूल्य प्रतितोला ३ सयले घट्यो, चाँदीको मूल्य बढ्यो

157
0
Share:

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार सात रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्