
सिभिल क्यापिटल मार्केट लिमिटेडले चौधौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा आगामी मंसिर २९ गते सिटिसी मल सुन्धारा काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ ।
सभाले यस क्यापिटल र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूण अख्तियारी प्रदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कमेन्ट गर्नुहोस्








