
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक बीमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमित गौतमको गत असोज १९ गते डेंङुको कारण १७ बर्षको उमेरमा भरतपुर मेडिकलमा मृत्यु भएको थियो ।
कम्पनीले मंसिर १ गते ताराखोला गाउँपालिका वडा नं. ३ को कार्यालयमा दावी भुक्तानी कार्यक्रम गर्दै उनको हकवालालाई बीमा वापतरको रकम प्रदान गरेको हो । सो कार्यक्रम संचालन प्रभुलाइफ इन्स्योरेन्स गल्कोट शाखाकी कर्मचारी अस्मिता महतले गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्








