प्रभु बैंकको लाभांश घोषणा, बोनस कति ?

205
0
Share:

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लागि बोनस घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ८ लाभाांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमा ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्