
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गरेको छ । बैंकको ३६औँ वार्षिक साधारणसभा मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
सभामा गत वर्षको नाफाबाट लगानीकार्तालाई दिन प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।
त्यसैगरी, सभाले लेखापरीक्षण नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ
।
सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । त्यसैले, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
कमेन्ट गर्नुहोस्








