लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो वार्षिक सभा, बुक कलोज कहिले ?

175
0
Share:

युनिलिभर नेपाल लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मंसिर २० गते काठमाडौंको नयाँबानेश्वरस्थित होटेल एभरेस्टमा दिउँसो ४:३० बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ । कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले वार्षिक साधारणसभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ।

सभाले कम्पनीको नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त ठानेका संशोधनका प्रस्तावहरु पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षका वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

कम्पनीले सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १ गतेसम्म (मंसिर २ गते शुक्रबार र ३ गते शनिबार) कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्