शिवम् सिमेन्ट्सको नाफा बढ्दा अन्य सूचक कस्ता ?

168
0
Share:

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा ३१.९४ प्रतिशतले बढेर २७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २० करोड ८२ लाख रुपैयाँ रहेको थियो । सञ्चालन आम्दानी घटेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशतले घटेर एक अर्ब ५३ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशतले बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९३ लाख रुपैयाँमा सीमित थियो ।

त्यसैगरी, कम्पनीको कुल खर्च २०.०३ प्रतिशतले घटेर एक अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ।

हाल संस्थाको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्