नेप्सेको तथ्यांक प्रयोगको नयाँ शुल्क निर्धारण

220
0
Share:

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि लागु गरेको छ । कार्यविधि लागु भएपछि नेप्सेबाट शेयर कारोबार समबन्धि तथ्यांकको एपीआई लिई प्रयोग गर्न सकिने भएको छ।

नेप्सेले आजबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क समेत निर्धारण गरेको छ।

नेप्सेको कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनु पर्ने छ ।

नेप्सेले ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुलाई चालु आ.व. २०७९/८० को लागि तथ्यांक प्रयोग गर्नको लागि ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ । यस सम्बन्धि विस्तृत जानकारीका लागि नेप्सेको प्रणाली संचालन शाखामा सम्पर्क गर्न पनि नेप्सेले आग्रह गरेको छ ।

तथ्यांक लिनको लागि नेप्सेले विभिन्न संस्था तथा निकायलाई फरक फरक दर तोकेको छ । कार्यविधिअनुसार नेप्सेको तथ्यांक विभिन्न ४ प्रकारमा उपलब्ध गराइनेछ। जसअनुसार रियल टाइम, रियल टाइम डिले डाटा, अफलाइन हिस्टोरिक डाटा र वान–टाइम इन्स्टलेसन चार्ज रहेका छन्।

कमेन्ट गर्नुहोस्